नेकपा एकीकृत समाजवादीको उपनिर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उपनिर्वाचनलाई दृष्टिगत गर्दै परिचालन कमिटी गठन गरेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरिएको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएको छ । उक्त परिचालन कमिटीमा पार्टीका उपाध्यक्षहरू, उपमहासचिव, सचिव रहेको छ । आगामी मंसिरमा सम्पन्न हुने उपनिर्वाचनका निम्ति एकीकृत समाजवादीले निर्वाचन परिचालन कमिटी गठन गरेका हुन् ।

त्यस्तै एकीकृत समाजवादीले कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष खतिवडा, मधेशको संयोजकमा धर्मनाथ प्रसाद साह, बागमतीको संयोजकमा डा. गंगालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणी चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश खतिवडा र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी दिएका छन् ।

भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी चयन गरिएका हुन् । उपाध्यक्ष खतिवडाका अनुसार आवश्यक छलफल भइसकेको छ र परिपत्र जारी गर्ने काम बाँकी रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button