किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

रूपन्देही । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका–५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका–६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका–३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेको छ ।

उनीहरूले ती किशोरीलाई भदौ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button