गरुडाका मेयर कन्थमणि जैसवाल द्वारा धर्मशालाको निर्माण गर्न ५ लाख दिने प्रतवद्धता

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल देवता बाबा गणिनाथ गोविन्द महाराजको बार्षिक पुजामा सहभागी भई आशिर्वाद ग्रहण पश्चात मेयर जैसवालले उक्त प्रतिवद्धता जनाएको हो ।

शिवनगर स्थित सोहि अवसरमा अधुरो रहेको कानु धर्मशालाको अनुगमन गर्दै निर्माणको लागी ५ लाख दिने प्रतिबद्धता गरेको थियो । हरेक किसिमका धर्म तथा आफ्नो संस्कृति र सभ्यताको मान समान्न प्रति हामी सवै एकबद्ध भई शान्त र समुन्नत समाज निर्माण गर्दै बिकाशको कार्यमा सवै एकजुट हुन जरुरी रहेको मेयर जैसवालको भनाई रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button