नेपाल टानको अध्यक्षमा सागर पाण्डे विजयी

काठमाडौं– ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएको छ।

कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्। पाण्डे माओवादी केन्द्र निकट मानिन्छन्।

पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो। आज बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरेको छ।

टानको वरिष्ठ उपाध्यक्षमा भने सापकोटा प्यानलका कर्मा शेर्पा विजयी भएको छ।

उनले ५५८ मत पाउँदा पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका निर्वाचन समितिले जनाएका छन्। टानको प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भए भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएको छ।

महसचिवममा भने पाण्डे समूहका सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएको छ।

उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेको हो। त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएको छ।

सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी ९भोटे० निर्वाचित भएको छ।

यही भदौ १७ गतेदेखि सुरु भएको टानको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेका हुन्।

निर्वाचनमा दुई वटा प्यानलबीच प्रतिस्पर्धा भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button