अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले जनाएका छन् ।
यसअघि आइतबार बसेको बैठकले चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्म सजाय र ५ प्रतिशत जरिवाना गर्ने विषयमा सहमति गरेका थिए ।