राज्यमन्त्री पूर्ण बहादुर तामाङलाई गृह जिल्लामा कालो झण्डा

रामेछाप । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छारामलाई गृह जिल्ला रामेछापमा कालो झण्डा देखाएर अवरोध गरिएको छ ।

सोमबार नेपाली काग्रेस रामेछापका सचिव दिपक खड्का सहितका नेपाली काग्रेसका कार्यकर्ताले देवकोटा चोकमा कालो झण्डा देखाएका छन् ।
रामेछापका पार्टि सभापती समेत रहेका राज्यमन्त्री पूर्ण बहादुर तामाङले तानासाहि प्रवृत्ति देखाएको सचिव खड्काले आरोप लगाएका छन् । सोमबार बिहान वि.पी.को सालिकमा माल्यार्पण गरी तामाकोशी अस्पताल र दिल श्री मेडिकल हलमा रहेका बिरामीलाई फलफूल वितरण गरी रामेछाप सामुदायिक अस्पतालमा आएका सभापति तामाङलाई काँग्रेस रामेछापका सचिव खड्काले कालो झन्डा देखाएर विरोध गरेका हुन् ।
आइतबार विज्ञप्ति जारी गर्दै पार्टी सभापतिले अधिवेशन मार्फत निर्वाचित भएका पदाधिकारीको क्षेत्र अधिकारी मिच्ने गरी काम गरेको भन्ने सचिव खड्काले आरोप लगाएका थिए । खड्काले विज्ञप्ति जारी गर्दै पार्टीमा छलफल नगरी कार्यक्रम गरे अवरोध गर्ने भनेर उल्लेख गरेको थिए । १११ औँ बिपी स्मृतिको अवसरमा आयोजन हुने कार्यक्रममा समेत अवरोध गर्ने उल्लेख गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button