नेविसंघ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको अध्यक्षमा रोकाको नेतृत्व

रामेछाप । नेपाल विद्यार्थी सङ्घ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको सातौँ अधिवेशन मङ्गलवार सम्पन्न भएको छ । अधिवेशनले विपुल रोका को अध्यक्षमा १७ सदस्यीय क्याम्पस समिति सर्वसम्मत रूपमा चयन गरेको छ । त्यसैगरि अन्य पदाधिकारीहरूमा  क्रमशः उपाध्यक्ष त्रयमा क्रमशः कर्ण श्रेष्ठ  सुशील भट्टराई र मनीषा काफ्ले रहेका छन् । त्यसै गरी सचिवमा –छाया तामाङ ,सहसचिव –जीवन तामाङ  राकेश श्रेष्ठ कोषाध्यक्ष, दीक्षा महत रहेको उक्त इकाईमा  समितिका सदस्यहरू – नवीन पौडेल रहेका छन् । उक्त इकाईको नव निर्वाचित सदस्यहरूमा क्रमशः लक्ष्मी माझी, मनिल श्रेष्ठ र  नमुना रोका रहेका छन् ।  त्यसैगरि अन्य सदस्यहरूमा क्रमशः बिपना रोका, भावना के.सी,  कमक के.सी, ओमकिन गोले र  अ निशा कार्की रहेको जिल्ला समितिका उप सभापति विमल पौडेलले जानकारी गराए ।

अधिबेशन नेपाली काँग्रेस रामेछापका पूर्व महासमिति सदस्य डा.सुमन कर्माचार्यको प्रमुख  आतिथ्य तथा क्याम्पस इकाईका सभापति   युवराज थापा मगर को अध्यक्षतामा भएको थियो ।
नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्का तथा नेपाल विद्यार्थी सङ्घ रामेछापका अध्यक्ष विनोद बुढाथोकी, नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष विमल पौडेल लगायतका नेताहरूको उपस्थितिमा सम्पन्न भेलामा बोल्ने सबै वक्ताहरूले नेपालको प्रजातान्त्रिक र शैक्षिक आन्दोलनमा नेविसंघले खेलेको भूमिका सँगै  नयाँ नेपाल निर्माणको अभियानमा नेपाल विद्यार्थी सङ्घले खेलेको भूमिकाका बारेमा आ आफ्नो धारणा राखेका थिए । सो अवसरमा वक्ताहरूले नेविसँघका विद्यार्थिहरुलाई सङ्गठनको भावना अनुसार काम गर्न पनि आग्रह गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button