आपाङ्ग भएका व्यक्तिहरुलाई बाख्रा वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बस्ने २० जना आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । फाल्गुण ६ गते मंगलवार उहाँहरुलाई मन्थली नगर उप प्रमुख ईश्वरी वस्नेत द्धारा बाख्रा वितरण गरिएको हो ।
आपाङ्गताका कारण आर्थिक तथा सामाजीक रुपमा पिछडिएकाहरुलाई आर्थिक हैसियत उठाउनका लागी बाख्रा पालन मार्फत आय आर्जनमा टेवा पुगोस भन्ने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरिएको आयोजक संस्था आपाङ्ग सचेतन सेवा केन्दले जनाएको छ ।
वागमति प्रदेश सरकारको सामाजीक विकास मन्त्रालय, सामाजीक विकास कार्यालय, धुलिखेलको आर्थीक सहयोगमा मन्थली नगरपालिका र वडा नं. ५ सगँको समन्वयमा भएको बाख्रा वितरण कार्यक्रममा वडा अध्यक्ष रविन कार्की, सामाजीक विकास मन्त्रालय, सामाजीक विकास कार्यालय प्रमुख रन माया फ्याक, स्थानीय जनप्रतिनिधि, स्थानिय राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीहरुले उन्नत जातका बाख्रा वितरण गरेको भन्दै सहभागीहरुले आयोजक संस्था र सामाजीक विकास मन्त्रालयलाई धन्यवाद दिएका थिए ।