छतिवनेमा फोर्स गाडी दुर्घटना ८ जना घाईते

रामेछाप । जिल्लाको लिखु तामाकोसी गा पा वडा न ६ खिम्ती छ्तउ्ने खाेला नजिक फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी अन्दाजी सोमबार बिहान १०:३० बजेको समयमा दुर्घटना भएकाे छ । बेताली बाट भारतको जयपुर जाँदै गरेको फोर्स गाडी ब्रेक फेल भैइ सडक बाट ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिएका छन् । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका-४ बेताली बस्ने सुस्मा खड्का, लेख बहादुर खड्का, पुर्ण बहादुर सार्की, सुजन भुजेल, हेटौंडा उपमहानगरपालिका बस्ने तेज बहादुर खड्का, बिष्णुदेवी खड्का, लालवन्दी नगरपालिका -१५ बस्ने काली बहादुर खड्का घाईते भएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ । घाइतेको मन्थली अस्पतालमा उपचार भैइ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button