मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा सुशिल थापा बिजयी

रामेछाप। मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा सुशिल थापा बिजयी भएका छन् । अनेरास्ववियुको तर्फबाट उमेदवार रहेका थापाले २०७ मत ल्याएका थिए ।
नेविसंघका अध्यक्षका उमेदवार विपुल रोकालाई ५५ मतले पछि पार्दै थापा बिजयी भएका हुन् । रोकाले १५२ मत पाएका थिए भने अखिल क्रान्तिकारीका सभापति उमेदवार अनोज भुजेलले ६५ मत प्राप्त गरेका थिए ।
मंगलबार राति सकिएको मतगणनाअनुसार सचीवमा मुकेश भण्डारीले १८५ मत, कोषाध्यक्षमा मशली तामाङले २०३ मत प्राप्त गरेका थिए भने सदस्यहरुमा क्रमशः तुलसा उप्रेती, यलिना माझी, जीवन पहरी, मनोज श्रेष्ठ र कर्ण श्रेष्ठ बिजयी भएका छन् । बिजयी कर्ण श्रेष्ठ भने नेविसंघका उमेदवार हुन भने अन्य अनेरास्ववियुका सुशील थापाको प्यानल नै बिजयी भएको निर्वाचन अधिकृत नारद थापाले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button