पत्रकार महासंघ रामेछाप शाखा द्वारा सुरेश रजकको परिवारलाई आर्थिक सहयोग

रामेछाप । गत चैत १५ गते राजावादी प्रदर्शनको क्रममा काठमाडौँको तीनकुने स्थित एक घरमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछाप शाखाले आर्थिक सहयोग गरेको छ । स्वर्गीय पत्रकार रजकको परिवारलाई भेटेर पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङ, कोषाध्यक्ष युवराज श्रेष्ठ र पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले सोमबार सहयोग रकम हस्तान्तरण गरेको हो । एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको परिवारलाई पत्रकार महासंघ रामेछाप शाखाकोले रु ७ हजार २६९ रुपैयाँ र महासंघ रामेछापका सदस्यहरूबाट स्वेक्षिक संकलन भएको रु २२ हजार ७३१ गरी रु ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए । आर्थिक सहयोग गर्न पुगेका टोलीले पत्रकार रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button