कठजोर ठाँटीमा बोलेरो दुर्घटना २ जनाको मृत्यु , १५ जना घाईते

रामेछाप । मन्थली नगरपालिका वडा नं. ३ कठजोर ठाँटीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटना परि मन्थली नगरपालिका वडा नं. २ का ६२ वर्षका कृष्ण नारायण श्रेष्ठ र अन्दाजी १२ वर्षकी भुमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडा नं. ३ का वडा अध्यक्ष कृष्ण गोपाल थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार बा १६ च ६४७६ नम्बरको बोलेरो बिहीवार दिउसो अन्दाजी ४ बजेको समयमा ठाटिमा दुर्घटना भएको हो । बोलेरो दुर्घटनामा परि १५ जना घाइते भएका छन । घाईते सबैलाई उद्धार गरी उपचारको लागी मन्थली अस्पताल पठाइएको अध्यक्ष थापाले बताएका छन् । दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।