नेपाल माझी उत्थान संघ बागमती प्रदेशको अध्यक्षमा रामशरण

रामेछाप । नेपाल माझी उत्थान संघ बागमती प्रदेशको अध्यक्षमा रामशरण माझी निर्वाचित भएका छन् । नेपाल माझी उत्थान संघ बागमती प्रदेशको प्रथम अधिबेशनले मकवानपुरका रामशरण माझीको अध्यक्षतामा १४ सदस्य प्रदेश कार्यसमिति सर्वसहमतीमा निर्वाचित गरेको छ ।
शनिबार सम्पन्न अधिबेशनले उपाध्यक्षमा रामेछापका बलबिर माझी (नबराज), महिला उपाध्यक्षमा काभ्रेपलान्चोकका मनिषा माझी, सचिवमा सिन्धुलीका प्रदिप माझी, कोषाध्यक्षमा रामेछापका सुर्य माझी, सह सचिवमा सिन्धुपाल्चोकका निर्मल माझी रहेका छन् ।
तेस्तै सदस्यहरुमा सविना माझी, हिरण माझी, सरोज माझी, पुर्ण बहादुर माझी, तारा बहादुर माझी, श्रीबहादुर माझी, अस्मिता माझी, कुसुम माझी निर्वाचित भएका छन् ।
शुक्रबार नेपाल माझी उत्थान संघ केन्द्रिय अध्यक्ष चिनिमाया माझिको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम रामेछापको कुनौरी सम्पन्न भएको नेपाल माझी उत्थान संघ रामेछापका सचिब मन्जु माझिले जानकारी दिईन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button