भिरपानी चहरि खोलामा कार दुर्घटनामा

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानी चहरि खोलामा कार दुर्घटनामा परेको छ । आज मंगलबार बिहान २ जना फ्रान्सेली पर्यटक लिएर मन्थलीबाट काठमाडौँ जाँदै गरेको बा २१ च ३१३७ नम्बरको कार दुर्घटनामा परेको हो । मन्थली – गोगनपानी सडक खण्ड अन्तर्गत कार दुर्घटनामा परेको थियो।
कारमा सवार दुवै जना पर्यटक र चालक सकुशल रहेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।



