रामेछाप वाईसिएल नेपालको ५औँ सम्मेलन सम्पन्नः सुनुवारको नेतृत्वमा नयाँ समिती चयन

रामेछाप । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे भातृ संगठन योङ कम्युनिस्ट लीग नेपाल ( वाईसिएल ) रामेछापको ५ औँ जिल्ला सम्मेलनबाट सर्वसम्मत नयाँ कमिटी चयन भएको छ । रामचन्द्र सुनुवारको नेतृत्वमा ६५ सदस्य चयन भएको हो ।
वाईसिएल नेपालको ५ औंं जिल्ला सम्मेलनबाट उपाध्यक्षमा सोसियल तामाङ (प्रदिप), बद्री श्रेष्ठ, योगीता माझी चयन भएका छन् । त्यस्तै सचिव दिनेश नेपाली, सह सचिव भीम बहादुर थापामगर, खम्ब श्रेष्ठ, बेग बहादुर श्रेष्ठ र कोषाध्यक्ष दीपक कालिकोटे लगायत ६५ सदस्य चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष रामचन्द्र सुनुवारले वाइसेलले आगामी दिनमा माओवादी केन्द्रको संस्थागत संरचना बलियो पार्न, नेतृत्व हस्तान्तरण सुनिश्चित गर्न र संगठनको दिशानिर्देश स्पष्ट पार्न सहयोग पुर्‍याउनेमा जोड दिए। उनले भने, मेरो नेतृत्वको यो कमिटीले रामेछापका सामाजिक बेथितिविरुद्ध लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्मेलनको उद्घाटन गर्दै संविधान सभा सदस्य तथा पूर्वगृह राज्यमंत्री माओवादी केन्द्रका केन्द्रिय सदस्य रामेछाप जिल्ला ईन्चार्ज स्याम कुमार श्रेष्ठले वाईसिएल नेपालको छुट्टै महत्त्व राख्ने नेपाल कम्युनिष्ट बिचारको गहिराई हो । युवा भनेको उदाउँदा सूर्य हुन भने हामी अस्ताउँदा सूर्य भएको बताए । उनले कम्युनिष्ट बिचारलाई एक प्रक्रियागत ढगंबाट अगाडी बढाई वाइसेलको पर्वलाई आगामी दिनको मार्ग दर्शन बनाउने सम्मेलन भएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ र युवराज चौलागाईले नयाँ आउने वाईसिएल कमिटीले बेथिती र गलत कामको विरुद्ध लड्नु पर्नेमा जोड दिए । माओवादी पार्टी बलियो भयो भने मात्रै जनताको मुद्दा बलियो हुने बताए । उनीहरूले माओवादीले ल्याएको संविधानसभा, सङ्घीयता र पहिचानको सवाल केही रैतीले विरोध गरिरहेकोले यसको चिरफार गर्ने काम वाईसिएल नेपालको रहने बताए ।
सम्मेलनमा जिल्ला सदरमुकाम मन्थली बजार परिक्रमा गरि बाइक र्यलि गर्दै मन्थली स्थित तिनलाल पार्कमा सम्मेलन भएको थियो । वाईसिएल रामेछापका अध्यक्ष लीला बहादुर थापा मगर रहेको अध्यक्षतामा भएको सम्मेलनमा केन्द्रीय नेताहरु सुनिता गौतम, धावा लामा, सुमन कुमार लामा,पेमा लामा, सेवक कार्की, लगायतको उपस्थिति रहेको थियो । रामेछापका आठ वटै स्थानिय तह बाट ५ सय जना माओवादी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष तेज विक्रम तामाङले जानकारी दिए ।सम्मेलनबाट माओवादी केन्द्र रामेछापको नेतृत्व तथा पहलमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको तामाङले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button