जेष्ठ नागरिक सहित ९ जना असल बुहारिलाई दुई मेयरले गरे सम्म

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी र ८० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकहलाई सम्मान गरेका छन् । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा उहाँहरुलाई प्रमुख द्धयले नगद र दोसल्ला सहित सम्मान गरेका हुन् ।
आज शनिबार सदरमुकाम मन्थलीमा सँचालन भएको एक कार्यक्रममा जिल्ला जेष्ठ नागरिक सँघ रामेछापको आयोजना र मन्थली नगरपालिकाको आर्थिक सहयोगमा सम्मान गरिएको हो ।
जेष्ठ नागरिक सँघको साधारण सभा र जेष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रममा गरिएको उक्त सम्मान कार्यक्रममा करिब ३ सय जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले जेष्ठ नागरिकहरु समाजको अमुल्य निधि भएकोले उक्त सम्पत्तिको जगेर्ना गर्न परिवार समाज र सरकार सवै उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने धारणा ब्यक्त गरेको थिए । प्रमुख श्रेष्ठले त्यसका लागि सरकारले अहिले पनि जेष्ठ नागरिक भत्ता वितरण र स्वास्थय उपचार समेत निशुःल्क पमा प्रदान गर्दे आएको स्मरण गर्दे स्थानिय सरकारले पनि आवश्यक्ताका आधारमा सहयोग गर्दै आत्मा सम्मानलाई उँचो बनाउन चाहेको पनि बताए।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले जेष्ठ नागरिकहरु भगवान समान भएकोले जेष्ठ नागरिक विनाको समाज परिकल्पना सम्म गर्न नसकिने बताए । सो क्रममा उहाँले सँघिय सरकारले दिएको सुविधा अलावा जिविकोपार्जन र स्वास्थ्य उपचार आदिमा समस्या देखिए स्थानिय सरकार पनि सहयोग गर्न तयार रहेको बताए । उक्त प्रयोजनका लागि जिल्ला जेष्ठ नागरिक सँघ रामेछाप समेतको टीमलाई लिएर चिकित्सको टोली निशुल्क स्वास्थय परिक्षण सहित आवश्य उपचारका लागि केहि दिन भित्रै टोल टोलमा पुग्न चाहेको कुरा पनि प्रमुख न्यौपानेले बताए ।
जिल्ला जेष्ठ नागरिक सँघ रामेछापका अध्यक्ष नारायण दास श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमममा डा. सुमुन कर्माचार्य, समाजसेवी गुन्ज बहादुर श्रेष्ठ , जेष्ठ नागरिक बैकुण्ठ प्रसाद पौडेल लगायत वक्ताहरुले जेष्ठ नागरिकहरु प्रति परिवार, समाज र राज्यले निर्वाह गर्नु पर्ने भूमिका र दायीत्वका बारेमा आ आफनो धारणा राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button