निर्माण सम्पन्न नहुँदै भाँचियो तामाकोसी नदिको पुल

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा न. ६ कुनौरी र वडा न. ७ ठेडिखोला जोड्ने पक्की पुल भाँचिएको छ । निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै तामाकोशी नदिमा बन्दै गरेको पक्की पुल भाँचिएको हो ।
गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो सोही स्ल्याब कम्पनीले पुननिर्माण गरेको थियो । आज आइतबार बिहान सोही स्ल्याब भाँचिएको छ ।
कालिका–कल्पवृक्ष जेभीले भ्याट र पि एस आईटम बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो । तर निर्माण व्यवसायीले ठेक्का रकमको करिब ६० प्रतिशत भन्दा बढी रकम भुक्तानी लिसकेका छन् ।
पुल निर्माण सम्झौता अनुसार २०८२ साल भदौ अन्तिम सम्म सम्पन्न गर्नु पर्ने थियो तर नबन्दै भाँचियो । २०७८/०७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल डिजाइन एन्ड विल्ड प्रकृतिको हो । निर्माणाधीन पक्की पुल कुल २ सय ३० मिटर लामो र ११ मिटर चौडामा निर्माण गर्ने गरि सम्झौता भएको थियो ।



