खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत करिब ६६ करोडको बजेट

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७ औँ गाउँसभाको मार्फत बजेट र नीति–कार्यक्रम प्रस्तुत गरिएको हो।
गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको गाउँसभामा उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत गर्नुभएको हो । आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक सेवा सुदृढीकरण, कृषि उत्पादनमा वृद्धि, शिक्षा र स्वास्थ्यमा लगानी, तथा स्थानीय रोजगारी सिर्जना प्राथमिकतामा राखेको छ ।
खाँडादेवी गाउँपालिकामा हाल ९ वटा वडाहरू रहेका छन्। बजेट विनियोजन गर्दा वडास्तरीय आवश्यकता, स्रोतको उपलब्धता र दीगो विकासलाई मध्य नजरमा राखेर नीति तथा कार्यक्रममा समाबेश गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button