बहादुरसिंह लामा तामाङले गुमाए कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता, ईन्द्र बानियाँको पक्षमा २२ तामाङको पक्षमा १५ मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज बसेको संसदीय दलका बैठकमा संसदीय दलका नेता तामाङमाथि लगाईएको अबिस्वासको प्रस्तावमाथि छलफल भएको थियो ।
बैठकमा कांग्रेसको केन्द्रीय प्रतिनिधि राजन केसी उपस्तिथि रहेको बैठकमा संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पढेर सुनाइएको थियो ।
बैठकमा छलफल भएपछि प्रस्तावको पक्ष र विपक्षमा मतविभाजन एवं सनाखत भएको हो । सनाखत हुँदा ईन्द्र बानियाँको पक्षमा २२ र मुख्यमन्त्री तामाङको पक्षमा १५ मत परेको हो । बहुमत सांसदहरुले सनाखत गरेपछि तामाङ विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पारित भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button