बोक्सेको पहरा बाट पिकअप गाडी खस्दा श्रीमतीको मृत्यु श्रीमान् घाईते

रामेछाप । मन्थली बाट खुर्कोट हुँदै हेटौडा जाँदै गरेको बीएसी ९४६३ (बा १३ च ३९३४) नम्बरको महेन्द्रको डबल क्याप पिकअप गाडी मन्थली नगरपालिका वडा न. ६ कुनैरी स्थित बोक्सेको पहरा बाट खस्दा दुर्घटना भएको छ । दुर्घटना परि एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। दुर्घटनामा परि मन्थली नगरपालिका–१ अन्दाजी ४० बर्सिया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको छ। घाईले उत्तम चौहानलाई मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पछि काठमाडौ पठाईएको भएको छ ।
दुर्घटना परि गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको छ । महिलाको शव निकालिएको प्रहरीले जनाएको छ । मन्थली बाट बिहान ५ बजे हेटौंडा जानको लागि दम्पती हिडेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button