रामेछाप केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भुकम्प

काठमाडौ । रामेछाप जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्प रामेछाप जिल्ला छिमेकी जिल्लाहरुमा धक्का महसुस गरिएको थियो । भूकम्पका कारण कुनै जनधनको क्षति नभएको बताइएको छ ।
