Trending

हमासले रिहाई गर्न लागेका २० जनामा विपीनको नाम उल्लेख छैन, बन्धकहरूको नाम सार्वजनिक

काठमाडौँ — प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।
जुन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन । यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन ।
सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् ।
२० जना सबै इजरायली नागरिक हुन् । उनिहरुलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी पुगेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button