चौथो विशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

चितवन । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो विशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार चितवनमा आयोजित विशेष समारोहमा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो।
अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगरबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट अञ्जु कार्की, युवा उद्यमी वर्षबाट प्रदिप शर्मा र युथ आइकन अफ द इयरबाट सुमिना चौधरी सम्मानित हुनुभएको छ। यस्तै, राप्ती रत्न अवार्ड राजेन्द्र प्रसाद सिलवाललाई तथा राप्ती हिरो अवार्ड वालकृष्ण थपलियालाई प्रदान गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट महिला जनप्रतिनिधि विधाबाट ग्रेस तामाङ र महिला उद्यमी वर्ष २०८२ विधाबाट सिता गुरुङ सम्मानित हुनुभयो। सम्मानित व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले यस्ता अवार्ड कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाउने विश्वास व्यक्त गरे।
अवार्ड वितरण समारोहमा भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, राप्ती नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवकान्त वली, वडा नं. ५ का अध्यक्ष सिताराम वली, कार्यपालिका सदस्य कविता राई, नगरसभा सदस्य ममिता कुवर र सहदेव सेढाई, नगरस्तरीय मेलमिलाप केन्द्र समितिकी संयोजक दिलकुमारी थिङ, विभिन्न वडाका वडा सचिव, लैङ्गिक अधिकारकर्मी उत्तम थापा, राप्ती प्याव्सनका अध्यक्ष दीपक सारुलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
हाम्रो राप्ती एफ.एम. र विशाल न्युजको आयोजनामा, राप्ती नगरपालिका तथा हेटौंडा उपमहानगरपालिकाको प्रवर्द्धनमा सम्पन्न कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। आयोजक संस्थाले आगामी दिनहरूमा पनि समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



