Trending

विद्यालयस्तरमा ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन

रामेछाप । अस्थायी ट्राफिक प्रहरी पोष्ट सेलेघाट, खिम्ती र सित्खाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित विद्यालयस्तरमा ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गरेका छन् ।
मजनजागृति माध्यमिक विद्यालय खिम्ती, जखनस्थान आधारभूत विद्यालय सित्खा तथा खाँडादेवी आधारभूत विद्यालय सेलेघाटमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आज बिहिवार ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरिएको हो ।
कार्यक्रममा सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक चिन्हहरूको अर्थ, पैदलयात्रीको भूमिका तथा बालबालिकाले गर्नुपर्ने सुरक्षित व्यवहारबारे जानकारी गराइएको थियो। विद्यार्थीहरूलाई ट्राफिक नियमको पालना गर्न प्रेरित गर्दै सवारी दुर्घटनाबाट बच्ने उपायहरूबारे पनि स्पष्ट पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार विद्यालयस्तरमै सचेतना अभिवृद्धि गर्न सकेमा दीर्घकालीन रूपमा सवारी दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button