Trending

पिँङ्खुरीमा पूर्व वडाध्यक्षसहित ४० एमाले कार्यकर्ता कांग्रेस प्रवेश

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–१ पिँङ्खुरीमा नेकपा एमाले परित्याग गरी ठूलो संख्यामा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पूर्व वडाध्यक्ष सुवास भण्डारीको नेतृत्वमा करिब ४० जना एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

नेपाली कांग्रेस रामेछापका प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र खड्काको चुनावी प्रचार तथा घरदैलो कार्यक्रमअन्तर्गत आइतबार पिँङ्खुरीमा आयोजित कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशी कार्यकर्ताहरूलाई उम्मेदवार खड्का र पार्टीका कार्यवाहक जिल्ला सभापति नवराज थोकरले खादा लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै उम्मेदवार खड्काले अन्य दलबाट निरन्तर रूपमा कार्यकर्ता कांग्रेस प्रवेश गरिरहेको उल्लेख गर्दै यसले आसन्न निर्वाचनमा पार्टीलाई सहज जित दिलाउने विश्वास व्यक्त गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button