Trending

काठमाडौं क्षेत्र नम्बर ५ मा अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवार राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेस प्रवेश

काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाको तर्फबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बन्नुभएका डा. प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा रास्वपाको केन्द्रीय गुनासो विभाग प्रमुख पनि थिए ।
अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले काठमाडौँ ५ मा ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए ।
रास्वपामा टिकट वितरणको पद्दतीमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्दती मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले निरन्तर विरोध जनाउँदै आएका थिए ।
रास्वपाको स्थानीय संगठनमा बलियो पकड बनाएका राणाको रास्वपा परित्याग र कांग्रेस प्रवेशले काठमाडौं ५ को निर्वाचनमा कांग्रेसलाई लाभ हुने विश्वास गरिएको छ । यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य केसी विगतमा वडाध्यक्ष रहिसकेका छन् । वडामा प्रभावशाली केसीको कांग्रेस प्रवेशले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई जित्नक लागि सजिलो हुने ठानिएको छ ।
दुवैलाई राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button