नेपाल मगर संघ रामेछापको अध्यक्षमा अनन्त पुलामी

रामेछाप । नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको नवौँ अधिवेशनबाट अनन्त पुलामी अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। चैत्र २८ गते शनिबार मन्थलीमा सम्पन्न अधिवेशनले सर्वसहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भिम ल्हाय मगर, उपाध्यक्षमा सन्तोस थापा मगर, महिला उपाध्यक्षमा अन्जना राना मगर चयन भएका छन्। त्यसैगरी सचिवमा रामहरी जर्घा मगर, सह–सचिव (महिला)मा मनकुमारी मगर र सह–सचिवमा डम्बर बहादुर मगर चयन भएको जनाइएको छ।
निर्वाचित कार्यसमितिको कोषाध्यक्षमा राम बहादुर मगर तथा सह–कोषाध्यक्षमा बर्ज बहादुर मगर रहेका छन्। सदस्यहरूमा इन्द्र बहादुर राना मगर, श्यामकाजी मगर, धर्म बहादुर मगर र सुन्दर कुमार पुलामी चयन भएका छन्।
अधिवेशनले मगर समुदायको सामाजिक, सांस्कृतिक तथा संगठनात्मक सुदृढीकरणमा नयाँ नेतृत्वले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।



