स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा लिखु गाउँपालिका पहिलो

ओखलढुंगा– ओखलढुंगा जिलाका १ नगरपालिका र ७ गाउँपालिकामा गरिएको स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा लिखु गाउँपालिका पहिलो बनेको छ । आर्थिक वर्ष २०८०÷८१ को स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा जिल्लामा एक नगरपालिका र ७ गाउँपालिका मध्ये लिखु गाउँपालिका ९५.५ अंक ल्याई पहिलो भएको हो ।

स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा अनुसार चम्पादेवी गाउँपालिका दोस्रो (९२.७५) , सिद्धिचरण नगरपालिका तेस्रो (८९.२५ ), चिशंखुगढी गाउँपालिका चौथो (८५ ), मानेभन्ज्याङ्ग गाउँपालिका पाँचाौँ (८२.५), सुनकोशी गाउँपालिका छैटौँ (८०), मोलुङ्ग गाउँपालिका सातौँ (७८.२५), र खिजीदेम्बा गाउँपालिका आठौँ (७४.७५ अंक) अर्थात अन्तिम बनेको छ ।
स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा १० वटा क्षेत्रका १ सय ११ वटा सुचक १०० पुर्णाङ्कमा मूल्याङ्कन गरिे सार्वजनीक गरेको हो । लिखु गाउँपालिकाका प्रवत्ता मोहन कार्कीका अनुसार ५ वर्षको मुल्यांकनमा आर्थिक वर्षमा २०७६÷०७७ मा ४६.५ अंक, २०७७÷०७८ मा ६७ अंक, २०७८÷०७९ मा ६२.२५ अंक, २०७९÷०८० मा ६३.७५ र गत वर्ष २०८०÷०८१ मा ९५.५ अकं ल्याई प्रथम हुनुमा विगत ५ वर्षमा गाउँपालिकाको प्रगति भएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button