YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन

रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन गर्दै केशव पाख्रिनलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो।

नवगठित नगर समितिमा उपाध्यक्षमा अजित लामा र विवेक बज्राचार्य रहेका छन्। त्यसैगरी सचिवमा मनोज माझी, सह-सचिवमा पुजन श्रेष्ठ र भुवन कार्की चयन भएका छन्।

सम्मेलनले १३ जना सदस्य पनि चयन गरेको छ। सदस्यमा सुरेश माझी, रमेश विसुके, सम्भु बसेल, प्रकाश भुजेल, मुस्कान श्रेष्ठ, दिपेन्द्र वर्मासाख, रामकृष्ण गिरी, विशाल बोहोरा, गणेश मिजार, सरोज चौधरी, महेश खत्री, दिनेश वर्मासाखा र सुजन भुजेल रहेका छन्।

कार्यक्रममा YCL तथा नेकपाका स्थानीय नेतृत्व, युवा प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनले संगठनलाई अझ सुदृढ बनाउने रणनीति तय गर्नुका साथै स्थानीय तहमा युवाको भूमिकालाई सक्रिय र प्रभावकारी बनाउने संकल्प गरेको छ।

नगर समितिको कोषाध्यक्ष भने चयन हुन बाँकी रहेको नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटि सचिव राम तामाङले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button