जेठ १९ देखि २ महिनाका लागि कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुई महिना सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी तर्फको क्षेत्र, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
निषेधाज्ञा जेठ १९ गते देखि दुई महिना सम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।
सार्वजनिक स्थानमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको जनाइएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौंका यी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।




