सुरक्षाकर्मीको गोलि लागेका घाइते २ जना कैदीको मृत्युु, ३ को अवस्था गम्भीर

रामेछाप । सुरक्षाकर्मीको गोलि लागेर उपचारका क्रममा रामेछाप अस्पतालमा २ जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला भरतपुरका बिगुरु धोबी र मोरङका राज किशोर यादव रहेका छन् । घाईते १२ जनाको उपचार रामेछाप अस्पतालमा भइ रहेको छ, घाइते ३ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ ।
आज बिहान बिहिवार सेनाको गोलि लागि १४ जना कैदी घाईते भएका थिए । जिल्ला कारागार कार्यालय रामेछापमा कैदीबन्दीहरुले प्रदर्शन गर्दा स्थिती नियन्त्रणमा लिन सेनाले गोली चलाएको थियोे।
प्रहरीका अनुसार कैदीहरूले समूहगत रूपमा ताला तोडेर कारागारबाट भाग्ने प्रयास गरेका थिए। रोक्न खोज्दा अवस्था नियन्त्रणबाहिर जाँदा सुरक्षाकर्मीले गोली चलाउनुपरेको हो।
घाइतेहरूको उपचार रामेछाप अस्पतालमा भइरहेको छ। घटनापछि कारागार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। कारागारमा फेरि यस्ता घटना नदोहोऱ्याउने गरी सुरक्षा व्यवस्था कडाइ गरिएको प्रहरीले जनाएको छ।