सहकारीले गर्यो चार बुँदे सहमतिः बुढाथोकीको माग पुरा

रामेछाप । तामाकोशी–५ किर्ने दोलखामा रहेका खिम्ती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले चार बुँदे सहमति गरेको छ । मन्थली नगरपालिका–१२ का विद्युत उपभोक्ता सदस्य सन्जय बुढाथोकीको नेतृत्वमा राखिएको आमरण अनशनपछि विद्युत महशुल अनलाइन भुक्तानीको व्यवस्था तत्काल लागू गर्नुपर्ने माग राखिएको थियो । आइतबार साँझ ७ बजे सहकारीको मुख्य कार्यालयमा अनशनमा सुरु गरेका थिए ।
अनशनको विषय लिएर २०८२ मंसिर ८ गते विहान संस्थाका अध्यक्ष नानीबाबु बस्नेत, अन्य पदाधिकारी, स्थानीय प्रहरी, पत्रकार तथा व्यवसायीहरूको उपस्थितिमा विस्तृत छलफल गरी सहकारीले उपभोक्ताको माग सम्बोधन गर्ने सहमति जुटाइएको हो ।
सहमति अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनामै समावेश गरिएको अनलाइनमार्फत विद्युत महशुल भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गरिने छ। साथै आवश्यकताअनुसार माहशुल संकलन केन्द्र थप गर्ने, उपभोक्ताले चाहेको खण्डमा मिटर रिडरमार्फत नै महशुल तिर्ने र बिल पाउने व्यवस्था निरन्तर रहने, विद्युत लाइन व्यवस्थापनलाई चुस्त बनाउन सहकारीले विद्युत मोबाइल टोली (QRT) परिचालन गर्ने निर्णय पनि गरेको छ ।
उल्लेखित सबै बुँदाहरू आगामी २०८३ वैशाखदेखि लागू हुने गरी सहमति गरिएको सहकारीले जनाएको छ। यस निर्णयले उपभोक्ता पक्ष र सहकारी दुुवै पक्षले सहमतिलाई कार्यान्वयनमा लगे सहकारी सेवा प्रभावकारी हुने उपभोक्ताको बुझाई छ।



