मन्थली खानेपानी समितिको सदस्यमा दिनेश सुवेदी निर्वाचित

रामेछाप । मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समिति एरिया नं १ को सदस्य पदमा दिनेश सुवेदी निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी विजय सुवेदीले ४४ मत प्राप्त गरेका भने १० मतको अन्तरले पराजित गर्दै ५४ मत प्राप्त गरेका हुन् ।
उक्त निर्वाचनमा कूल ९९ मत खसेको थियो भने १ मत खाली रह्यो। शनिबार सम्पन्न एरिया नं १ का कूल १३३ मतदाता रहेको थिए। समितिको अध्यक्षसहित बाँकी पदमा भने सबै निर्विरोध निर्वाचित भइसकेका छन् ।



