काठमाडौँमा दशैँ अघि नै मेलम्चीको पानी आउने
ब्यानर न्युज
काठमाडौँ । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी आउने भएको छ । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन्। सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको…
Read More »प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान
ब्यानर न्युज
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै समितिले १० दिन भित्र कार्यालय समयमा उजुरी दिन आव्हान गरको हो । समितिले उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट खुलाउनुपर्ने र निजले गोप्य राख्न चाहेमा समितिले गोप्य राख्ने उल्लेख गरिएका छन् । राउतलाई संवैधानिक परिषदको भदौ ३१ को बैठकले…
Read More »मुख्यमन्त्रीबाट दुई दिनपछि राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
समाचार
काठमाडौँ । अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् । उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए । उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म…
Read More »सभामुखले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु
समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु भएको छ । सभामुखले संसद्को गतिरोध हटाउन बैठक बोलाएका हुन् । सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकहरुसँग सभामुख घिमिरेले छलफल शुरु गरेका छन् ।‘हिंसाु शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको…
Read More »पर्यटन विकास र समृद्धिका लागि रामेछापलाई विशेष सम्बोधन गर्छुः पर्यटन मन्त्री
ब्यानर न्युज
रामेछाप । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले रामेछापको पर्यटन विकास र समृद्धिका लागि आगामी बजेटमार्फत विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे’को ८औँ स्थापना दिवसको अवसरमा सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ठकुरीले यस्तो प्रतिबद्धता जनाएका हुन् । पूरै अवधि सरकारमा रहेर बजेट ल्याउन पाएको खण्डमा रामेछापको…
Read More »गन्तव्य टुडे राष्ट्रिय दैनिक ८ औँ वर्षमा प्रवेश
गन्तब्य
रामेछाप । रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक गन्तव्य टुडेले आफ्नो ८औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ ।आफ्नो स्थापना कालको ८औँ वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी गन्तव्य टुडेले स्थापना दिवस मनाएको हो । जिल्लाको पत्रकारिता जगतमा छुट्टै पहिचान बनाउँदै शान्ति, समानता, सुशासन, समृद्धिका पक्षमा निष्पक्ष ढङ्गले कलम चलाउँदै आएको गन्तव्य टुडेले भ्रष्टाचार तथा कुशासनका…
Read More »नेपाल पुलिस क्लबले आज उज्वेकिस्तानको हुमो भिस क्लबसँग भिड्ने
समाचार
काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले आज उज्वेकिस्तानको हुमो भिस क्लबको सामना गर्ने भएको छ। माल्दिभ्समा आज सुरु हुने च्याम्पियनसिपमा पुलिस क्लब जितको लक्ष्यसहित मैदान उत्रिन लागेका हुन्। त्यसअघि आजै हुने उद्घाटन खेलमा श्रीलंकको स्लाफ र माल्दिभ्सको वाम्कोबीच प्रतिस्पर्धा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाले जनाएको छ। नेपाल पुलिस क्लबले सेप्टेम्बर १६ मा श्रीलंका एयर फोर्स,…
Read More »साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
ब्यानर न्युज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई कसरी व्यवस्थित बनाउँदै निःशुल्क बनाउने त्यस विषयमा सम्बन्धित अधिकारीसँग सरकार छलफलमा रहेको बताए। उनले जाजरकोटका अबिन बिकेको समस्यालाई आफ्नो स्टाटसमा समेट्दै लेखेका छन्, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे…
Read More »सभामुखले देवराज घिमिरेले राष्ट्रिय दलका सचेतकसँग छलफल गर्दै
ब्यानर न्युज
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग संसद्को गतिरोध हटाउन छलफल गर्दै छन् । आज विहान ११ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्न लागेका छन् । ुहिंसाु शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ ।…
Read More »सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित
समाचार
काठमाडौं । राजदूत नियुक्तिको सिफारिस गर्न आजका बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरुको सुनुवाइ शुक्रबार सकेको छ। आज ती राजदूतहरुको नियुक्तिको सिफारिस अनुमोदन गर्न बोलाइएको बैठक स्थगित गरिएको संसदीय सुनुवाइ समितिका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार अचानक बैठक स्थगित भएको सूचना आएको…
Read More »