पर्यटन विकास र समृद्धिका लागि रामेछापलाई विशेष सम्बोधन गर्छुः पर्यटन मन्त्री

रामेछाप । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले रामेछापको पर्यटन विकास र समृद्धिका लागि आगामी बजेटमार्फत विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे’को ८औँ स्थापना दिवसको अवसरमा सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री ठकुरीले यस्तो प्रतिबद्धता जनाएका हुन् । पूरै अवधि सरकारमा रहेर बजेट ल्याउन पाएको खण्डमा रामेछापको पर्यटन विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेर विशेष सम्बोधन गरिने उनले बताए । पर्यटन मन्त्री ठकुरीले वर्तमान सत्ता गठबन्ध सरकारले नागरिकमा आशाको सञ्चार जगाएको पनि दाबी गरे । यो सरकार पुरै अवधि सञ्चालन हुने कुरामा नागरिक पनि विश्वस्त रहेको उनको भनाई छ ।
उनँले भने,‘यो सरकार लामो समय जान्छ होला भन्ने आम नागरिकले विश्वास लिएका कारणले हामी सरकारमा बस्ने मन्त्री, मुख्यमन्त्रीहरुको पनि एउटै भावना छ, झण्डैझण्डै दुई वटा बजेट चलाउन पाउँछौँ कि भन्ने हाम्रो हरहिसाबको कारणले मैले बजेट चलाउन पाए र मैले प्रदेश सरकारको मन्त्री भएको नाताले मन्त्रालय चलाउन पाए भने रामेछाप जिल्लाको लागि मैले विशेष सम्बोधन गर्छु,।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button