जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
समाचार
रोल्पा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा परिवर्तन गाउँपालिका(४ काफ्लबोट बस्ने ५८ वर्षीय डम्मर बहादुर पुनलाई सोमबार प्रहरीले पक्राउ गरेका छन् । पुनले ती किशोरीलाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाछावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।
Read More »नेकपा माओवादी केन्द्रको सुदूरपश्चिमस्तरीय परामर्श बैठक धनगढीमा सुरु
समाचार
धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक आजदेखि सुरु भएका छन् । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले जनाएका छन् । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएका हुन् । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश,…
Read More »टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण, राष्ट्रपति समक्ष पठाइयो
समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको छ । सभामुख घिमिरेले बुधबार सो विधेयक प्रमाणीकरण अग्रेर राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएका छन् । उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेका छन् । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर…
Read More »प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
समाचार
काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएका छन् । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेको हो…
Read More »उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाइँदै
समाचार
काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएका छन् । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा निर्णय सुनाउन लागेको हो । सापकोटाविरुद्ध रहेको उक्त मुद्दामा सर्दै आएका थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ…
Read More »पहिरो पीडितलाई प्रदेशले उचित राहतको व्यवस्थापन गर्छः चौलागाईं
समाचार
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका स्थित लेखर्कमा गएको पहिरो प्रति बागमती प्रदेश सरकार दुखी भएको प्रदेश माननीय युवराज चौलागाईंले बताए। पहिरोको अनुगमन गर्न पुगेका माननीय चौलागाईंले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्।गत ९ गते नै घटना स्थलमा पुगेका प्रदेश माननीय चौलागाईंले त्यो दिन पहिरो पीडित सँगै रात बिताएका उनी बताउँछन्।…
Read More »लेखर्कको पहिरोले ३४ परिवारका १८० विस्थापित: खान र बस्न राम्रो प्रबन्ध नभएको गुनासो,
समाचार
पालिका अध्यक्ष भन्छन् – यी समस्याहरूको समाधान गाउँपालिकाले तत्कालै गर्छरामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको भीषण पहिरोका कारण विस्थापित भएका पीडितहरूले खान र बस्नको लागि राम्रो प्रबन्ध नभएको गुनासो गरेका छन् । चिसो भुईँमा सुत्नु पर्दा वृद्धबृद्धा र बालबालिकालाई समस्यामा भएको पनि उनीहरूले बताएका छन् ।पहिरोले जोखिममा परेका लेखर्कका ३४ परिवारका १८० जनालाई गाउँपालिकाको टोकरपुरस्थित थामचौरमा रहेको कण्ठेश्वर…
Read More »ओलीले हेर्ने कथाका प्रकाशले छिटै भित्रै नागरिकता पाउने
समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाका प्रकाश तामाङलाई नागरिकता दिलाउनका लागि गृह सचिवलाई निर्देशन दिएको छ। हेर्ने कथामा प्रकाशको कथा हेरेपछि उनले प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको भन्दै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकता दिलाउनका लागि तत्काल पहल थाल्न भनेको हो । प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र…
Read More »ट्रम्पविरुद्ध महाभियोग पुनः शुरु गर्न अपील दायर
समाचार
काठमाडौँ । अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने प्रयास गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः महाभियोगको लागि अपील दायर गरेको छ । यस पुनरावेदनमा उनीविरुद्धका यसअघिका आपराधिक मुद्दाहरू यथावत राखिए पनि पूर्व राष्ट्रपति कार्यालयका केही कामका लागि उन्मुक्ति (छूट)सम्बन्धी सर्वोच्च अदालतको टिप्पणीपछि ट्रम्पविरुद्धको आरोपमा कमी आएका हुन् । नयाँ अपीलले…
Read More »नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष र उपमहासचिवमा को को विजयी भए ?
समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्याक्षको निर्वाचनको मतपरिणाम सार्बजनिक भएका छन् । जस अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) विजयी भएका छन् । उपाध्यक्षमा निर्वचित जोशी बाहेक तिनै जना अध्यक्ष माधव कुमार नेपाल निकट नेता हो । त्यस्तै महिला उपाध्यक्षमा पनि नेपाल निकट नेतृ जयन्ती राई विजयी भएकी छन् भने…
Read More »