सौर्य एयर विमान दुर्घटनाका घाइते पाइलट शाक्य डिस्चार्ज हुँदै
गन्तब्य
काठमाडौं । काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । गत साउन ९ गतेदेखि उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो…
Read More »भीरबाट लडेर दार्चुलाकी गुमा ठगुन्नाको मृत्यु
गन्तब्य
दार्चुला । दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बेडीपातलकी अन्दाजी ३५ वर्षीया गुमा ठगुन्नाको मृत्यु भएको हो । बिहिवार बिहान पातिहाल्नेडाँडा भन्ने स्थानमा घाँस काट्ने क्रममा ठगुन्नाको लडेर घट्नास्थल मै मृत्यु भएको स्थानीय नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।
Read More »बाँदरले क्षति गरेको उखु गरुडाका मेयरलाई उपहार
गन्तब्य
रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् । बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शन पछी मेयर कन्थमणि जैसवाल लाई क्षतिग्रस्त उँखु उपहार दिएको छ। बाँदरले बालीनाली सखाप पारी आतंक…
Read More »जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गन्तब्य
अर्घाखाँची । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५…
Read More »कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान छ : राष्ट्रपति पौडेल
गन्तब्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुष्पलाल नेपाली राजनीतिका एक मुर्धन्य, प्रतिभाशाली, ईमान्दार र स्वप्नशील नेता भएको बताएका हुन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै भने, ‘पुष्पलाल हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र…
Read More »दलहरूबीच जुट्यो टीआरसीमा सहमति
गन्तब्य
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदल(टीआरसी)मा दलहरूबीच सहमति जुटेको छ । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा शीर्ष ३ दलबीच सहमति जुटेको हो । बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार तीन दलका कार्यदलका बिचमा आज सहमति भएको र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई दिने छन् । उनले भने, ‘कानुन निर्माण गर्ने कुरामा अन्तिम सहमति हामीले गरेका छौँ।…
Read More »प्रभु बैंकबाट सवा करोडको ‘फिक्स्ड डिपोजिट’ गायब
गन्तब्य
प्रभु बैंकबाट सवा करोडको ‘फिक्स्ड डिपोजिट’ गायब ! झापा । प्रभु बैंकमा फिक्स्ड डिपोजिट गरिएको रकम ‘हराएको’ छ । गत माघ ३ गते टीकाराम नेपालले श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा ६ महिनाका लागि ‘फिक्स डिपोजिट’ गरेको रकम ‘गायब’ भएको हो । मुद्दती खातामा रकम राखेको प्रमाण लिएर छोरा–बुहारी भेट्न अमेरिका उडेका उनीहरु मुद्दतीको समय पूरा हुन…
Read More »देउवा बन्दै सुदूरपश्चिमका मुख्यमन्त्री
गन्तब्य
काठमाडाैं। सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवाकाे नाम अगाडि सारिएको छ । भोलि (शुक्रबार) दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले दलको नेता टुंगो लगाउने र नेता देउवालाई बनाउने तयारी रहेको एकजना प्रदेशसभा सदस्यले बताए । केन्द्रमा सहमति भइसकेकाले पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको बताइएको छ । देउवा सुदूरपपश्चिम सरकारको पूर्व भौतिक पूर्वाधार…
Read More »शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन
गन्तब्य
काठमाडौं । शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त विमारी रहेका थिए दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद…
Read More »धनकुटामा चट्याङ लागेर एकको मृत्यु
गन्तब्य
धनकुटा । गएराती वर्षा सँगै परेको चट्याङ लागेर धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ६ छरछरे टोलका वर्ष ६५ का गणेश बहादुर कार्कीको अन्दाजी राती ९ बजेको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।
Read More »