हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ
समाचार
काठमाडौँ, जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–९ गौशाला रुञ्चे डाँडास्थित सिरहा–धनुषा होटल एण्ड लजमा मृत अवस्थामा फेला परेकी रामेछाप लिखु तामकोसी गाउँपालिका–५ कि २८ वर्षीया प्रमिला दमाईंका हत्यारालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा बैतेश्चर गाउँपालिका–७ का ३८ वर्षीय कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताउनुभयो। उहाँले भन्नुभयो, “पक्राउ परेका श्रेष्ठको प्रमिलासँग विगत…
Read More »एघार वर्षीय नाति र हजुरबुवा मृत फेला
समाचार
नवलपरासी, पश्चिम नवलपरासीमा हजुरबुवा र नाति एकै ठाउँमा मृत अवस्थामा आज बिहान फेला परेका छन् । सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति वर्ष ११ का गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । आज बिहान करिब ६ बजेको समयमा स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर…
Read More »एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित
समाचार
काठमाडौँ, सिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् । मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा…
Read More »कोरिया–नेपाल मोडेल डेरी भिलेज उद्घाटन, होलिस्टाइन जातको बाच्छी हस्तान्तरण
समाचार
सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज उद्घाटन गर्नुभयो । भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ । गत वर्ष पुसमा…
Read More »खाद्यान्नबालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ : कृषिमन्त्री
कृषि
मकवानपुर, सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको जानकारि दिनुभएको छ । हेटाँैडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले अब स्थानीय निकायलाई…
Read More »सन्दर्भ विश्व रेडियो दिवसः दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै
समाचार
फुङ्लिङ , सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा पुस्ता । हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो । सूचनाको स्रोत पनि यी नै हुन्थ्यो । तर अहिले प्रत्येक व्यक्तिसँग सञ्चारको साधन छ…
Read More »चिसोको प्रवाह नगरिकन चलचित्र छायाङ्कन
समाचार
काठमाडौँ, अन्य समयको तुलनामा चिसो हुने महिना पुस र माघमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकी दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुलेसमेत प्रभाव पर्छ ।यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा केही कलाकार चलचित्र छायाङ्कनमा व्यस्त छन् । मनाङबाट चलचित्र ‘खुस्मा’को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन भइसकेको…
Read More »कुलो र पुल निर्माण भएपछि भुम्लुमा खुसियाली
समाचार
काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–५ स्थित घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ । आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान निकै खुसी भएका छन् । विसं २०४१ मा कुलो निर्माण गर्दा पहरा फुटाउन ब्लाष्टिङ गरेको सम्झँदै स्थानीय रामजी श्रेष्ठले अहिले पक्की सिँचाइ कुलो बनेपछि निकै खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सिँचाइ कुलोका लागि यसअघि धेरै मेहनत गरियो, अब पक्की…
Read More »हेटौँडा सवस्टेसन निर्माणको काम अन्तिम चरणमा
समाचार
काठमाडौं– मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि महत्वपूर्ण मानिएको मकवानपुरमा निर्माणाधीन चार सय केभी क्षमताको सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा सो सवस्टेशन निर्माणाधीन छ । हेटौँडा सवस्टेसनमा ४००-२२० केभी, २२०-१३२ केभी र १३२-११ केभी सवस्टेसन निर्माणाधीन छन् ।एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सवस्टेसनका उपकरणको जडान, परीक्षणलगायत…
Read More »मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ
समाचार
काठमाडौँ,नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध नियन्त्रण गर्न नेपाल प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले विशिष्टिकृत एकाइका रुपमा काम गर्दै आएको छ…
Read More »