विदेश
इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शव पहिचान
कात्तिक १२ , काठमाडौं । इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए ।…
Read More »शक्ति राष्ट्रका लागि किन महत्वपूर्ण छ आर्कटिक ?
काठमाडौं । आर्कटिक अर्थात् उत्तर ध्रुवीय क्षेत्र धेरै पुस्तादेखि विश्वका लागि वैज्ञानिक अनुसन्धान र शान्तिको नमुना बनेको छ । तर, अहिले अवस्था फेरिएको छ । युक्रेनमा रुसी आक्रमणको तातो अहिले विश्वको उत्तरी क्षेत्रमा महसुस भइरहेको छ । तीन महाद्वीपमा फैलिएको यो विशाल क्षेत्रमा आठ देश र उत्तरी ध्रुव पर्दछन्। आर्कटिकमा रसियासँगको सहयोग अब ब्याक बर्नरमा राखिएको छ। रुसी राष्ट्रपति पुटिन…
Read More »राष्ट्रसंघ महासचिवलाई द्वन्द्व पीडितहरूको ध्यानाकर्षण
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरुबारे ध्यानाकर्षण गराएका छन् । गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालले राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् महासचिव गुटेरसलाई स्मरणपत्र दिएको हो । संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने प्रतिवद्धतामा नेपाल सरकारको कार्यलाई संयूक्त राष्ट्रसंघको सहयोगका लागि उनीहरुको अपिल छ । कुनै पनि बहानाबाजी गरेर न्याय…
Read More »टर्की हमासको पक्षमा, इजरायललाई तनाव बढ्यो
काठमाडौं । गाजा पट्टीमा इजरायलको बढ्दो आक्रमणको बीचमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार इजरायललाई ‘युद्ध अपराधी’ भनेका छन् । जसको जवाफमा इजरायलले टर्कीबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ। विगतका वर्षहरूमा दुवै देशले आपसमा तनाव कम गर्ने र कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रयास गरेका थिए । तर, पछिल्लो विवादका कारण यी प्रयासमा बाधा पुगेको छ । एर्दोगानले के भने ?शनिबार…
Read More »थ्रीलर हरर नेपाली फिल्म बशेन्जी हलमा फर्कियो, रञ्जनामा एक शो
काठमाडौँ । असोज २६ गते रिलिज भएर हलमा केही दिन मात्र टिकेको फिल्म बशेन्जी पुन हलमा फर्किएको छ। हरर, थ्रिलर, सस्पेन्स जनारामा बनेको दाबी गरिएको फिल्म रञ्जना हलमा शुक्रवारबाट फर्किएको हो। फिल्मको नामदेखि पोस्टरसम्म अनौठो बनाएको यो फिल्मको निर्देशक हुन् इयन स्कट क्लिमेन्ट। उनी लामो समयदेखि नेपालमा बसेर कला क्षेत्रमा काम गर्दै आएका छन्। उनले यो फिल्म अगाडि ‘आँपको अचार’…
Read More »मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
बारा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए। शनिबार बिहान ७:३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने…
Read More »गाजामा अर्को चरणको युद्ध सुरु गरिएको इजरायलको घोषणा
तेल अबिब । इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ । यो अवधिमा भएका आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् । गत अक्टोबर ७ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तीनै स्थानबाट आक्रमण गरिरहेको छ । संयुक्त…
Read More »