थ्रीलर हरर नेपाली फिल्म बशेन्जी हलमा फर्कियो, रञ्जनामा एक शो

काठमाडौँ । असोज २६ गते रिलिज भएर हलमा केही दिन मात्र टिकेको फिल्म बशेन्जी पुन हलमा फर्किएको छ।

हरर, थ्रिलर, सस्पेन्स जनारामा बनेको दाबी गरिएको फिल्म रञ्जना हलमा शुक्रवारबाट फर्किएको हो।

फिल्मको नामदेखि पोस्टरसम्म अनौठो बनाएको यो फिल्मको निर्देशक हुन् इयन स्कट क्लिमेन्ट। उनी लामो समयदेखि नेपालमा बसेर कला क्षेत्रमा काम गर्दै आएका छन्।

उनले यो फिल्म अगाडि ‘आँपको अचार’ नामक नेपाली चलचित्र निर्देशन गरेका थिए। दोस्रो फिल्मको नाम कुकुरको अनौठो प्रजाती बशेन्जीबाट जुराए। यो कुकुर नभुक्ने प्रजातिको हो।

फिल्ममा असीम निरौला, मिथिला शर्मा, सुप्रिम राई, सरिता गिरी,राज शर्मा, निरु खड्का लगायतका कलाकारको अभिनय छ।
नेपाली फिल्म क्षेत्रमा उनले नयाँ जनाराको फिल्म बनाए। कमजोर प्रचारले नेपाली फिल्मका दर्शकसम्म फिल्म नपुगी हलबाट बाहिरियो।

इयनले आफ्नो सामाजिक सञ्जालबाट फिल्मको विशेष शो देखाउने तयारी भइरहेको बताएका थिए। एकाएक रञ्जना हलले नियमित सेड्युलमै एक शो दिँदै हलमा फर्कायो।

शनिवार दिउस २ : १५ को शो दिएको थियो। आइतबार २:२५ को शो छ।

दशैँमा परदेशी २ र पशुपतिप्रसाद २ भष्मे डन रिलिज भएपछि रिलिजका लागि नयाँ फिल्म छैन। एकै पटक कात्तिक २४ मा दिमाग खराब रिलिज हुँदैछ। नयाँ फिल्म रिलिज नभए पनि रञ्जनामा भष्मे र परदेशी २ को शो घट्दै गएपछि बशेन्जीलाई एक शो दिएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button