समाचार
विटारपार्कको सर सफाई
रामेछाप । आन्तरिक पर्यटन आउने क्रममा बढेपछि रामेछाप नगरपालिका- ८ बावियाखर्कमा रहेको विटार पार्कको सरसफाई गरिएको छ । शनिवार पार्क निर्माण समितिको अगुवाइमा पार्कको सर सफाइ गरिएको हो । समितिका अध्यक्ष सुनिल रायको नेतृत्वमा पार्क भित्र फालिएका पाल्ष्टिकजन्य र अन्य फोहोर हटाउनुका साथै पार्कभित्र रहेको झाडी पनि सफाइ गरेको छ । जाँगरिला युवाहरूले कोरोनाको कहरका बिच निर्माण गरी पार्क निर्माण…
Read More »बाल श्रम निषेध गर्न स्टिकर
रामेछाप । नमुना नगर बाल सञ्जाल मन्थलीको आयोजनामा मन्थली नगरपालिकाले शनिवार बाल श्रम निषेध गर्ने अभियान अन्तर्गत सार्वजनिक यातायातका साधनमा वाल श्रम सम्बन्धी स्टिकर टाँसेको छ । नगरले मन्थली बाट छोटो तथा लामो दुरीमा चल्ने यातायातको साधनमा उक्त स्टिकर टाँसेका हुन् । मन्थली नगरपालिका महिला तथा बाल बालिका शाखाकी प्रमुख भगवती तामाङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछाप, ट्राफिक कार्यालय र…
Read More »सन्तोष र सुनिताको आवाजमा पूर्वेली गीत ‘मेरो हजुरलाई’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : पूर्वेली लोक गीत मेरो हजुरलाई सार्वजनिक भएको छ । सन्तोष बिसि र सुनिता सन्यकको स्वर रहेको गीतमा शब्द कशम खातीको रहेको छ । गीतमा लय भने सन्तोष बिसिको नै रहेको छ । हिरा इन्टरनेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा अभिनय हिरा नेपाली र सन्तोष बिसिको रहेको छ । भिडियोको छायांकन चेतन सामतले गरेका छन् भने निर्देशन नारायण…
Read More »सुनापति रनिङ शिल्डको उपाधि पशुपति माविलाई
रामेछाप । सुनापति गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि पशुपति माध्यमिक विद्यालयले जितेको छ । पालिका भित्रका ९ वटा माविलाई पछि पार्दै पशुपति माविले उपाधि जितेको हो ।गत शनिवारदेखि सुरु भएको खेलमा पशुपति माविले प्रथम हुँदै नगद २० हजार सहित शिल्ड, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे । पशुपति माविले ५ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको थियो…
Read More »‘अहिलेको बजेटले देशमा दुर्गति निम्त्यायो’ : ओली
रामेछाप । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटले देशमा दुर्गति निम्तिएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार साँझ रामेछापको मन्थलीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगरेको बताएका हुन् ।उनले भने, हरेक पटक नीति कार्यक्रमको बहस हुँदा हामीले यो उपयुक्त छैन भनेका छौँ, यो…
Read More »क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न २५ लाख धरौटी राख्नुपर्ने
काठमाडौं । क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । क्यासिनोले २४ महिना अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था गरेको हो ।…
Read More »यौन दुर्व्यवहार आरोपमा सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ
सिन्धुपाल्चोक । आफैंले पढाउने दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ शिक्षक पक्राउ परेका छन्। जिल्लाको इन्द्रावती–६ को कमलादेवी माविका दुई शिक्षकहरुले सोही विद्यालयमा अध्ययनरत १४ वर्षका दुई छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् । ती दुई छात्राहरुले निवेदन दिएपछि सोही विद्यालयका शिक्षकहरू सुरेन्द्र कोइराला (वर्ष ४५) र कविराज पौडेल (४९ वर्ष)लाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको…
Read More »आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ)मा हालको १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ । बोर्ड सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा बोर्ड सदस्य भोलानाथ ढुङ्गाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सहकार्यकारी निर्देशक अम्बिका गिरी छन् ।
Read More »अख्तियारको प्रवक्तामा सहसचिव नरहरि घिमिरे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेले पाएका छन् । सोही आयोगमा कार्यरत सहसचिव घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको आज एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो । उनले आजकै मितिबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् । साथै, प्रवक्तासँग सम्पर्क गर्नका लागि टेलिफोन ०१-५२६२२३ र मोबाइल नम्बर ९८५१२३३२८१ को व्यवस्था गरिएको छ ।
Read More »नातेदारले मात्र अङ्गदान गर्न पाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अङ्ग आदान-प्रदान गर्न पाइने कानुनी व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै मुद्दा दायर गरिएको हो । निश्चित आफन्त र नातेदारबाट मात्र अङ्गदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको दाबी गर्दै खेमबहादुर छन्त्याल र…
Read More »