बाल श्रम निषेध गर्न स्टिकर

रामेछाप । नमुना नगर बाल सञ्जाल मन्थलीको आयोजनामा मन्थली नगरपालिकाले शनिवार बाल श्रम निषेध गर्ने अभियान अन्तर्गत सार्वजनिक यातायातका साधनमा वाल श्रम सम्बन्धी स्टिकर टाँसेको छ ।

नगरले मन्थली बाट छोटो तथा लामो दुरीमा चल्ने यातायातको साधनमा उक्त स्टिकर टाँसेका हुन् ।

मन्थली नगरपालिका महिला तथा बाल बालिका शाखाकी प्रमुख भगवती तामाङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछाप, ट्राफिक कार्यालय र वाल क्लबका पदाधिकारी समेत सँगको समन्वय र सहकार्यमा नगर पालिकाको टोली ब्यानर सहित हिँडेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button