समाचार
सडक स्तरोन्नति र कालोपत्रे गर्न माग
रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा समक्ष लिखु तामाकोशी गाउँपालिकाका स्थानीयले माग गरेका छन् । लिखु तामाकोशी गाउँ पालिका वडा नम्बर ७ मा अर्थमन्त्रीसँगको एक भेटकार्यक्रममा पालिका अध्यक्ष केशव महत र उपाध्यक्ष दिपा पाख्रिन सहित उपस्थित स्थानीय नेता तथा कार्यकर्ता र स्थानीयवासीले पालिका भित्र मेरुदण्ड सडकको रूपमा रहेको हलेदे–नागदह–धोबी सिरिशे सडक कालो पत्रे सहित…
Read More »राईजिङ स्टारको अध्यक्षमा यादव केसी चयन
रामेछाप । राईजिङ स्टार यूथ क्लबको अध्यक्षमा यादव केसी चयन भएका छन् । आज शनिवार भएको क्लबको प्रथम अधिवेशनबाट केसी अध्यक्षमा चयन भएका हुन् । त्यस्तै क्लबको उपाध्यक्षमा सन्तोष खत्री, सचिव वासुदेव खत्री, सह-सचिव हेमन्त थापा, कोषाध्यक्ष विनोद रोका, सह-कोषाध्यक्ष सविन केसी चयन भएका छन् । सदस्यमा क्रमशः दीपक खत्री, एकीन्द्र खत्री, कपिल खत्री, अनीश केसी, रामचन्द्र कार्की, सुदीप थापा,…
Read More »थ्रीलर हरर नेपाली फिल्म बशेन्जी हलमा फर्कियो, रञ्जनामा एक शो
काठमाडौँ । असोज २६ गते रिलिज भएर हलमा केही दिन मात्र टिकेको फिल्म बशेन्जी पुन हलमा फर्किएको छ। हरर, थ्रिलर, सस्पेन्स जनारामा बनेको दाबी गरिएको फिल्म रञ्जना हलमा शुक्रवारबाट फर्किएको हो। फिल्मको नामदेखि पोस्टरसम्म अनौठो बनाएको यो फिल्मको निर्देशक हुन् इयन स्कट क्लिमेन्ट। उनी लामो समयदेखि नेपालमा बसेर कला क्षेत्रमा काम गर्दै आएका छन्। उनले यो फिल्म अगाडि ‘आँपको अचार’…
Read More »मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
बारा । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए। शनिबार बिहान ७:३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने…
Read More »गाजामा अर्को चरणको युद्ध सुरु गरिएको इजरायलको घोषणा
तेल अबिब । इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ । यो अवधिमा भएका आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् । गत अक्टोबर ७ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तीनै स्थानबाट आक्रमण गरिरहेको छ । संयुक्त…
Read More »सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ
तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस÷चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन…
Read More »नेतृत्व लिन अग्रसर हुँदै
टीकापुर (कैलाली) । बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन् । कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी बालिकालाई सहभागी गराउने गरिएको छ…
Read More »आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । जस अनुसार आज भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ छ । यस्तै, सानो लोकल गोलभेँडा प्रतिकिलो २७ रुपैयाँ ६७ पैसा, रातो आलु ७० रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ ७५ पैसा, र प्याजको मूल्य १०७ रुपैयाँ प्रतिकिलो तोकिएको छ । त्यसै…
Read More »सिमरामा बस दुर्घटना, १० जना घाइते
काठमाडौं। बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा भएको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ५१ जना सवार यात्रुबाहक बस दुर्घटनामा पर्दा भारत मोतिहारी घर भइ वीरगञ्ज बस्ने २७ वर्षका मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अन्य घाइते १० जनाको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९…
Read More »