समाचार
शुक्रवार मात्रै रामेछाप–काठमाडौँ उडान
रामेछाप । रामेछाप–काठमाडौँ–रामेछाप हप्ताको प्रत्येक शुक्रबार मात्रै हवाई उडान हुने भएको छ । रामेछाप विमानस्थलबाट यसअघि हप्ताको तीन दिनसम्म हवाई सेवा दिइँदै आएको भए पनि अहिले चाडपर्व सकिएको र सडक यात्रा सहज बन्दै गएपछि यात्रुको चाप घटेको कारण हप्तामा एक दिन मात्रै उडान सञ्चालन गर्ने सहमति भएको शान्ति दीप युवा क्लबका अध्यक्ष सुरेश उदासले बताए ।उदासको संयोजकत्वमा बिहीबार नागरिक उड्डयन…
Read More »गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा
रामेछाप– जिल्लाको सुनापति गाउँपालिका चौथो गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा परेको छ । बुधवार (हिजो) भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै गाउँपालिका चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले १ लाख ५० हजार नगत ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता…
Read More »चैनपुरमा कार दुर्घटना हुँदा बुबाको मृत्यु, आमा–छोरा घाइते
सिन्धुली । जिल्लाको सुनकोसी गाउँपालिका–६ चैनपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विराटनगरबाट काठमाडौ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई विपी राजमार्गस्थित सडकबाट करिब ५० मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको छ । उनकी…
Read More »चरिकोटबाट काँकरभिट्टा जादै गरेको रात्रिबस झापाको माईधार चोकमा दुर्घटना, १९ जना घाइते
झापा । रामेछापको मन्थलीबाट काँकरभिट्टा जादै गरेको रात्रिबस झापामा दुर्घटना भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज(मंगलबार) बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका…
Read More »गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनल
रामेछाप – गत आइतबार देखि संचालन भएको सुनापती गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका आइतबार र सोमबार सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार भएको एक खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको थियो । त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुर्योदय समाज सेवाले समाज कल्याण मगर समाजलाई सोझो सेटमा पराजित गरेको छ…
Read More »छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै
काठमाडौँ, १० कात्तिक : कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक…
Read More »चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु, ११ टिम सहभागी
रामेछाप । चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुनापती खेलकुद विकास समितिको आयोजनामा आइतबार (आज) देखि सुरु भएको छ।सुनापती गाउँपालिका वडा नं. ३, हिलेदेवीको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए । प्रतियोगितामा ११ टिम सहभागि…
Read More »११० औँ महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
काठमाडौँ, ३ कात्तिकः नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्…
Read More »बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण
युवराज श्रेष्ठ । रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवासुविधाबाट निर्माण गरिदिएको घर मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारलाई हस्तान्तरण गरेका छन्। आईतबार एक कार्यक्रम आयोजना गरी उनले घरको साँचो हस्तान्तरण गरेका हुन् ।सो अवसरमा मुख्यमन्त्री बानियाँले समाजमा उपेक्षित तथा आर्थिक अभावको कारणबाट कठिनाइ भोगिरहेका विपन्न जनताका लागि सामाजिक न्याय दिलाउन आफूले पहल थालेको उल्लेख गरे ।…
Read More »थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
काठमाडौँ, २ कात्तिकः सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेतमातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७…
Read More »