गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनल

रामेछाप – गत आइतबार देखि संचालन भएको सुनापती गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका आइतबार र सोमबार सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार भएको एक खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको थियो । त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुर्योदय समाज सेवाले समाज कल्याण मगर समाजलाई सोझो सेटमा पराजित गरेको छ भने तेस्रो खेलमा मण्डन देउपुर नगरपालिका काभ्रेले मैरे सुनापति–२ लाई हराएको थियो । चौथो चरणको खेलमा बेथान युवा समाजले सुनापति–५ लाई हराएको थियो भने पाँचौ खेलमा मैरे सुनापति–२ ले लामाज ग्रुपलाई हराएको छ । छैटौँ खेलमा मुगिखोला युवा क्लबले आरबी सप्लायर्सलाई हराएको थियो । त्यस्तै सातौँ खेलमा जि एन ई बि एस माकादुमले बेथान युवा समाजलाई हराएको थियो । त्यसै गरी आठौँ खेलमा मण्डन देउपुर नगरपालिकाले लामाज ग्रुपलाई हराएको थियो भने नवौँ खेलमा आयोजक टिम (सुनापति गाउँपालिका खेलकुद विकास समिति) ले मुगीखोला युवा क्लबलाई पराजित गरेको थियो ।
अन्तिम खेल अर्थात् दशौँ खेलमा जि एन ई बि एस माकादुमले सुनापति ५ लाई पराजित गरेको थियो । आइतबार र सोमबार दुई दिन भएका पहिलो चरणका दश खेल मध्ये ९ खेलमा जित हासिल गर्ने सबै टिमले सोझो सेटमा जित हासिल गरेका थिए भने एक टिमले मात्रै २÷१ ले हराएको थियो ।
सोमबार पहिलो चरणका सबै खेल सम्पन्न भइसकेकाले मंगलबार क्वाटर फाइनलका खेलहरू हुने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए ।



