समाचार

  • अरुण नदीमा बढ्यो जलसतह, सर्तकता अपनाउन आग्रह


    सङ्खुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ। स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

    Read More »
  • सिन्धुलीमा छोराले बन्चरो प्रहारबाट बुबाको हत्या


    सिन्धुली । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेको थियो । उनको घटना स्थलमै ज्यान गएको थियो। घटनाको खबर…

    Read More »
  • पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्व


    काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएका छन्। यस्तै इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ रहेको छ। पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।

    Read More »
  • युवा दिवसमा वक्तृत्वकला


    रामेछाप । २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनेरास्ववियु मन्थली नगरपालिका कमिटीले खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । अनेरास्ववियु मन्थली नगरपालिकाका पालिका अध्यक्ष उत्सव केसीको अध्यक्षता तथा केन्द्रीय सचिव सञ्जीव धितालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा मन्थली नगरपालिकाका १६ विद्यालयका ३४ जना विद्यार्थीले भाग लिएका थिए ।वक्तृत्वकला प्रतियोगितामा कर्कलादेवी बोर्डिङ स्कुल मन्थलीका विद्यार्थी राशिक श्रेष्ठ प्रथम, श्री माध्यमिक विद्यालय हर्रेचिण्डेकी…

    Read More »
  • हरिहरपुरगढी र केयुबीच मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता


    सिन्धुली । जिल्लाको हरिहरपुर गढी गाउँपालिका र काठमाडौँ विश्वविद्यालय (केयु)बीच रसायनिक मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता भएको छ ।आइतबार एक कार्यक्रमकाबीच गाउँपालिका र केयुबीच प्रति वर्ष दुई लाख मेक्ट्रिक टन रसायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापना गर्न पूर्व सम्भाब्यता अध्ययनका लागि तीन बुँदे सम्झौता भएको हो ।सम्झौता पत्रमा केयुको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेल र…

    Read More »
  • प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर बिरोध जनाएका छन् । रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि बिबाद बढेको हो । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए ।…

    Read More »
  • ओखलढुंगामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’


    ओखलढुंगा। गत आर्थिक वर्ष २०८०र८१ मा ओखलढुंगा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ। उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो। कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा ‘फ्रिज’ भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिए। उनका अनुसार जिल्लाका…

    Read More »
  • राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु भएका छन् । मुख्यतयाः जलन सबन्धी बिधेयकमा छलफल सो बैठकको अजेन्डामा छलःल केन्दुित रहने छ । आज मंगलबार विहान १०ः ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भुमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुने छ । कार्यवाहक प्रवत्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ । उनका अनुसार…

    Read More »
  • बजारमा सुन तोलाको १ लाख ५० हजार ८ सय पुग्यो


    काठमाडौं। नेपाली बजारमा पँहेलो धातु (सुन)को मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ आज सुन तोलामा २१ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ।

    Read More »
  • यातायात कार्यालय मलंगवाद्वारा रु छ करोड बढी राजस्व संकलन


    सर्लाही।यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०८१ मा रु छ करोड बढी राजस्व संकलन गरेको छ। गत आवमा यस कार्यालयले रु छ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु १४ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको छ ।…

    Read More »
Back to top button