गन्तब्य
निर्वाचन आयोगद्वारा गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति मान्यता
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो।काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बहुमत प्रतिनिधिहरूको समर्थनसहित गगन थापा सभापतिमा चयन भएका थिए।आयोगले महाधिवेशनसम्बन्धी सम्पूर्ण कागजात, निर्णय र प्रमाणहरू अध्ययन गरेपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता…
Read More »गगन–विश्वलाई महाधिवेशन प्रतिनिधिको साथ भृकुटीमण्डपमा देखियो कांग्रेसको असन्तोष र परिवर्तनको संकेत
काठमाडौं।नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्रको शक्ति सन्तुलन मात्र होइन, भविष्यको राजनीतिक दिशा पनि संकेत गरेको छ। आइतबार सुरु भएको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बहुसंख्यक महाधिवेशन प्रतिनिधिको खुला साथ देखिनु यस कार्यक्रमको मुख्य सन्देश बनेको छ। भीड, नाराबाजी र प्रतिनिधिहरूको सक्रिय उपस्थितिले कांग्रेसभित्र परिवर्तनको चाहना कति गहिरो छ भन्ने स्पष्ट पारेको छ।कांग्रेसमा कूल ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये करिब…
Read More »एकता दिवसका अवसरमासेनाको पदयात्रा
रामेछाप ।३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले रामेछापमा पदयात्रा आयोजना गरी एकता र राष्ट्रनिर्माणको सन्देश प्रवाह गरेको छ । नेपाली सेनाको खड्गदल गण रामेछापको आयोजनामा आइतबार जिल्लाकै ऐतिहासिक किल्ला तिल्केस्थान गढीसम्म पदयात्रा निकालिएको हो ।रामेछापको भंगेरीस्थित झगरेचौरबाट सुरु भएको पदयात्रा डुकुरसिं डाँडाँ हुँदै तिल्केस्थान गढीमा पुगेर समापन भएको थियो । सैनिक ब्याण्ड र बाजागाजासहित निकालिएको…
Read More »उत्कृष्ट १० जना कृषक तथा उद्यमी सम्मानित
रामेछाप ।स्थानीय उत्पादनको प्रवद्र्धन, किसान र उद्यमीको मनोबल अभिवृद्धि तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले आयोजना गरेको दुईदिने नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ आइतबार भव्य रूपमा सम्पन्न भएको छ । मेलाको समापनसँगै कृषि, पशुपन्छी तथा लघु उद्यमका विभिन्न विधामा उल्लेखनीय योगदान दिएका १० जना कृषक तथा उद्यमीलाई सम्मान गरिनु यस कार्यक्रमको मुख्य आकर्षण…
Read More »बालविकासको मुखुण्डोभित्र सेतो गुराँसको दादागिरी
रामेछाप । निस्वार्थ कर्मद्वारा सेवाको आकर्षक र भावनात्मक नारा अघि सार्दै सामाजिक सेवाको क्षेत्रमा अग्रणी भएको दाबी गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवा पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ ।संस्थाले विभिन्न परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीहरूलाई कुनै स्पष्ट कारण, पूर्वसूचना वा वैधानिक प्रक्रिया पूरा नगरी योजनाबद्ध र अन्यायपूर्ण ढङ्गले सेवाबाट हटाइएको भन्दै पीडित पक्षले आवाज उठाएका छन् ।त्यति…
Read More »लिखुतामाकोशीमा संचालित शिविरबाट १४३ जना लाभान्वित
रामेछाप । स्थानीय स्तरमै राज्यको सेवा पुरÞ्याउने उद्देश्यका साथ आयोजित एक विशेष शिविरमा १ सय ४३ जनालाई अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ। लिखुतामाकोशी गाउँपालिकाका ७ वटै वडामा सञ्चालित ‘अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण एवं शिविर’ मार्फत लक्षित वर्गलाई सो सुविधा प्रदान गरिएको हो।शिविर कार्यक्रम प्रमुख अरुण खड्काका अनुसार लक्षित वर्गको अधिकार सुनिश्चित गर्न र…
Read More »मन्थलीमा स्थानीय उत्पादनको बजारीकरण
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय कृषक र लघु उद्यमीका उत्पादनले बजार पाएकाछन् । खेतबारीमा पसिना बगाएर उब्जाइएका तरकारी, फलफूलदेखि सीप र मेहनतबाट तयार गरिएका लघु उद्यमका सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यसहित मन्थली नगरपालिकाले नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु गरेको हो । मन्थली–१ स्थित हाटे चौरमा शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुँदैछ ।ग्रामीण कृषि अर्थतन्त्रको मेरुदण्ड…
Read More »पार्टी फुट्नु हुन्न फुटे जता रुख उतै दिपक : सचिव खड्का
रामेछाप । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौँमा आयोजना हुन लागेको विशेष महाधिवेशनलाई लक्षित गर्दै राजधानीमा व्यापक जनप्रदर्शनको तयारी भइरहेका बेला पार्टीभित्र आन्तरिक बहस र धारणा सार्वजनिक हुन थालेका छन् ।महाधिवेशनलाई लिएर ‘जेन–जी आन्दोलन’को नाममा पार्टी नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग उठिरहेका छन् । तर, कांग्रेसभित्र सबै नेता–कार्यकर्ता एउटै धारमा छैनन्…
Read More »युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी
मस्को, रासस । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो । मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिउत्तरस्वरूप गरिएको…
Read More »मन्थली नगरपालिकाले गर्यो दुई प्रअ सम्मानित
मन्थली नगरपालिकाको १८औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ। नगरसभाको अवसरमा नगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा शैक्षिक प्रशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उत्कृष्ट कार्यसम्पादन गर्ने प्रधानाध्यापकहरूलाई सम्मान गरिएको छ।नगरपालिकाले स्वीकृत गरेको प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार नियुक्त भई कार्यरत प्रधानाध्यापकहरू मध्येबाट कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरी भैरवी माध्यमिक विद्यालय, मन्थली–५, रामेछापका प्रधानाध्यापक दिनेश कुमार कार्की उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका हुन् ।…
Read More »