गन्तब्य

  • नेकपा एमाले रामेछापमा सचिवालय गठन विवादपछि स्थगित, बिधि प्रक्रिया बाट टुङ्गो लगाउन असन्तुष्ट पक्षको माग


    रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर उत्पन्न विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ भने पुनः विवाद उत्पन्न भएमा लोकतान्त्रिक विधिअनुसार सचिवालय गठन गर्ने सहमति भएको छ। जिल्ला कमिटीले विधि–विधान विपरीत आफ्ना आसेपासेलाई प्राथमिकता दिँदै गत पौष १९ गते जारी गरेको सर्कुलरप्रति व्यापक गुनासो र विरोध देखिएपछि पौष २१ गतेका लागि तय गरिएको सचिवालय बैठक स्थगित…

    Read More »
  • गोकुलगङ्गाका विद्यालय र कार्यालयहरुमा इ–हाजिरी


    रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले स्थानीय तहमा डिजिटल सुशासनको अभ्यासलाई अघि बढाउँदै गाउँपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी प्रणाली लागू गरेको छ। गत मंसिर १ गतेदेखि लागू गरिएको उक्त प्रणालीले कर्मचारी उपस्थिति व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास पालिकाको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार हाल वडा कार्यालय र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको इ–हाजिरी नियमित रूपमा प्रयोगमा…

    Read More »
  • कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, १० मन्त्रीले गरे शपथग्रहण


    विराटनगर — कोशी प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै १० जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरूले शपथ लिएका हुन्। पुनर्गठित सरकारमा सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति अनुसार मन्त्रालयको बाँडफाँट गरिएको छ। मन्त्रिपरिषद्‌मा दुवै दलबाट चार–चार जना…

    Read More »
  • एमाले रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न


    रामेछाप । नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक आज सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरीयाको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्य माधव प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेल, प्रदेश लेखा अध्यक्ष श्यामकृष्ण श्रेष्ठलगायत बागमती प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।बैठकले…

    Read More »
  • लेयर्स कुखुरा अण्डाको मूल्य घट्यो


    चितवन । अण्डाको मूल्य क्रमशः घट्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्मस्तरमा लिइएको दररेटलाई एकीकृत गर्दै आजबाट लागू हुने गरी अण्डाको समर्थन मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाएको जनाएको छ ।सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ । यस्तै, मिडियम अण्डाको मूल्य पनि ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँमा झरेको छ…

    Read More »
  • गुराँसेमा रहेको सामुदायीक भवन – गाउँका सम्पूर्ण कार्यक्रम एकै ठाउँमा


    रामेछाप । ग्रामीण जीवनशैलीमा सामाजिक र सांस्कृतिक कार्यक्रमहरू केवल औपचारिकता मात्र होइनन्, ती समुदायलाई एकआपसमा बाँध्ने बलिया सेतु पनि हुन्। यस्ता कार्यक्रम सहज, व्यवस्थित र सबैका लागि समान पहुँचमा हुनु आवश्यक हुन्छ। यही आवश्यकता बुझेर दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ गुराँसेले निर्माण गरेको सामुदायिक भवन गाउँकै सामाजिक केन्द्रको रूपमा स्थापित भएको छ। यहाँ अहिले गाउँभरि हुने बिहे, भोजभतेर, काजकिरिया,…

    Read More »
  • अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह


    ब्रसेल्स, २१ पुस (रासस/सिन्ह्वा) : युरोपेली सङ्घ (ईयू) ले भेनेजुएलामा थप तनाव नबढोस् भन्नका लागि सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ । यो अपिल संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध सैन्य कारबाही गरेपछि आएको हो ।ईयूका उच्च प्रतिनिधिद्वारा जारी वक्तव्यमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्र ‘सबै अवस्थामा पालना हुनुपर्ने’ उल्लेख गरिएको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का…

    Read More »
  • बङ्गलादेशमा हसिना शासनकालमा २८७ जनाको मृत्यु, मानवअधिकार उल्लङ्घनको आशङ्का


    ढाका, २१ पुस (रासस/एएफपी) बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २८७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २८७ जना मृत मानिएको जनाएको हो । आयोगका अनुसार मृतकहरूको शव ढाकाको बुरिगङ्गा नदीलगायत विभिन्न नदीमा फ्याँकिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान…

    Read More »
  • वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी


    वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रभित्र आज दिउँसोदेखि निषेधाज्ञा लागू गरेको छ। महानगर क्षेत्रमा दुई समुदायबीच सम्भावित झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पछिल्लो समय यहाँ विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरू भइरहेकाले शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार जिल्ला सुरक्षा समितिको…

    Read More »
  • बेथानको स्मृतिले फेरि जगायो जनयुद्धकालीन इतिहास


    रामेछाप । जनयुद्धकालीन एक महत्वपूर्ण घटनास्थलका रूपमा चिनिने सुनापती गाउँपालिका–४ बेथानमा ३० औँ वीरता दिवस भव्य रूपमा मनाइँदा सहिदप्रति सम्मान र राजनीतिक परिवर्तनको स्मृति पुनः उजागर भएको छ । पानीघाट क्षेत्रमा आयोजित कार्यक्रममा जनयुद्धका प्रारम्भिक दिनको इतिहास, बलिदान र त्यसले ल्याएको परिवर्तनको स्मरण गरिएको छ । चण्डेश्वर चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवशंकर पौडेलले…

    Read More »
Back to top button