ब्यानर न्युज
सत्ता समीकरण दलहरुको बैठक बस्दै
काठमाडौँ । आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन् ।
Read More »विद्युत प्राधिकरणले फेरी काट्न थाल्यो उद्योगको विद्युत लाइन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको…
Read More »डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले अनलाइनखबरलाई जानकारी दिए ।हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको ती…
Read More »विश्वव्यापी चुनौती समाधान गर्न आवश्यक: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विश्वव्यापी शान्ति, स्थिरता र दिगो विकासलाई अगाडि बढाउन रचनात्मक भूमिका खेल्न तयार रहेको छ भने ।शान्तिपूर्ण सहअस्तित्व,…
Read More »‘दुखियाको हाँसोमा ईश्वरको बास’
जलेश्वर । वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का रामजी डोम अहिले आफ्नै घर अगाडि मुसुमुसु हाँस्दै हातमा बाँस र बेंतका भाँडाकुंँडा बनाउँदै गरेको भेटिन्छन् । उनीसहित उनका छोरा, नाति र घरका अन्य महिला पनि प्रसन्न मुद्रामा आपसमा विभिन्न कुराकानी गर्दै हातहातमा बाँस र बेंतको भाँडाकुँडा बनाइरहेको दृश्य हेर्दा जो कोहीलाई पनि…
Read More »९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय तारादत्त
डडेलधुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रूपमा सक्रिय छन् । यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।उनले ४० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । तरकारीबाटै वार्षिक १० लाख रुपैयाँ…
Read More »आयोजककै पोल्टोमा ‘तेस्रो रामेछाप कप’ को उपाधि
रामेछाप । ‘तेस्रो रामेछाप कप’ को उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले नै हाँसिल गरेको छ। जिल्लाकै सर्वाधिक पुरस्कार राशि नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र आयोजले नै जित्न सफल भएको हो । आयोजक दीपशिखाले सर्वोत्कृष्ट खेलाडी समेत आफ्नो पक्षमा पारेको छ । विजेताहरूलाई आयोजक दिपशिखा ब्वाइजका अध्यक्ष आषिस कार्की, प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, वडा अध्यक्षहरू लगायतको उपस्थितिमा…
Read More »महामन्त्री गगन थापाको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले विहिबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका हुन् ।
Read More »बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ्ग गाउँपालिका–१ काउले घर भई काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने ४३ वर्षीय हरी चन्द्र पौडेल र ३३ बर्षीय अर्जुन कुमार पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । जिल्ला अदालत सर्लाही मलंगवाको २०८१ भदौ २१ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले…
Read More »जग्गा दान लिनु स्वाभाविक हो, विवाद आवश्यक छैन– महासचिव शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गा दान लिनु स्वाभाविक भएको टिप्पणी गरेको छ । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले जग्गा दान लिएको विषयमा विवाद गर्नु आवश्यक नभएको टिप्पणी गरेका हुन् । उनले महाविपत्तिमा भएको क्षतिको पुननिर्माणमा सहयोग प्राप्तगर्ने र सहयोग गर्ने प्रचलन पुरानै भएको र महाविपत्तिपछिको राहत, उद्धार र पुननिर्माणमा…
Read More »