महामन्त्री गगन थापाको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।
हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले विहिबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् ।
महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका हुन् ।



